नायिका एलिजा गौतमले पूर्व गृहमन्त्री तथा रास्वपा पार्टीका सभापति रवि लामिछानेलाई  गृहमन्त्री नपाएको झोकमा जे पनि बोलेको आरोप लगाएकी छन् । पति ऋषि धमलालाई जोकरको उपनाम दिएपछि उनले सामाजिक सञ्जालमा भिडियो राख्दै रविलाई रिस पोखेकी हुन् । यसो त रविले धमला पत्नी एलिजालाई पनि भाउजू भन्दै धमलाको मोबाइल हेर्न आग्रह गरेका थिय । उनले उक्त पोस्ट गरेको भिडियोको कमेन्टमा सञ्जालकर्ताहरूले चर्को आलोचना गरेका छन् । कतिले त  एलिजालाई तिम्रो सहनशीलता कठै भन्दै व्यङ्ग्य हानेका छन् भने प्रायले डगी स्टाइल डान्सलाई पुन सम्झाइदिएका छन् ।  रवि लामिछानेले गत आइतबार पत्रकार सम्मेलन गर्दै केही पत्रकारलाई १२ भाइको उपनाम दिँदै वरिष्ठ पत्रकार तथा सम्पादकहरू पत्रकार दिलभुसन पाठक , ऋषि धमला ,कैलाश सिरोहिया, क्याप्टेन रामेश्वर थापा ,दिल भूषण पाठक, अमित ढकाल लगायत  पत्रकारहरूले  आफूलाई ज्यादती गरेको बताएका थिय ।