अभिनेता प्रदीप खड्काले भारतको मुम्बईस्थित नासिक ताम्रकेश्वर मन्दिरमा ग्रहशान्तिको पूजाआजा गरेका छन् । इन्स्टाग्राममार्फत तस्वीर सेयर गर्दै उनले यो फिल्मका लागि आफूलाई पहिलेजस्तै साथ दिन सबैलाई आग्रह गर्दै पूजाको गरेका हुन् । ‘भाग्य र मेहनत दुवै एकसाथ अघि बढ्छन् । यो भाग्यका लागि थियो भने अर्को चाहिं कडा मेहनतमा निर्भर हुनेछ,’ फिल्म क्यामिनोको औपचारिक घोषणाअघि गरिएको ग्रहशान्ति पूजाको भिडियो सार्वजनिक गर्दै उनले भने । निकट स्रोतका अनुसार प्रदीपकै सुझावका फिल्मको स्क्रिप्टमा केही हेरफेर पनि भएको छ ।अमेरिकी मुलुक हुँदै जोखिम लिएर अमेरिका छिर्ने आप्रवासीको कथावस्तुमा बन्न लागेको फिल्म नेपाली, अंग्रेजी, हिन्दी र स्पेनी भाषामा सुटिङ हुने तयारी छ । नायिकामा वर्षा सिवाकोटी तय भइसकेकी छन् । फिल्मलाई दिपक ओलिले निर्देशन गर्दै छन् ।