म्युजिक भिडियो 'मायामा यस्तो किन ?' रिलिज गरिएको छ ।अभिनेता नाजिर हुसेन र कविता रायाको अभिनय रहेको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा एलिना चौहानको स्वर सुन्न सकिन्छ । गीतको शब्द रचना तथा संगीत नरेश जोगीले तयार पारेका हुन् ।
पिके फिल्स्को ब्यानरमा निर्माण भएको भिडियोमा नवराज उप्रेती एण्ड टिमको छायांकन, कलर तथा सम्पादनको जिम्मेवारी मिलन बिश्वकर्माले सम्हालेका छन् ।सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर भिन्न लुक्समा कवितासँग रोमान्टिक अवतारमा प्रस्तुत छन् ।