नाटक "मुनमुन" मञ्चनको तयारीमा रहेको छ । बुद्धि सागर लिखित चर्चित उपन्यास "फिरफिरे"बाट प्रेरित रहेर मञ्चन हुन लागेको नाटकलाई सम्राट् भुजेलले लेखन् तथा निर्देशन गरेका हुन् । श्रीसेस श्रेष्ठको सह निर्देशन र किशोर महर्जनको सङ्गीत नाटकमा रहेको छ । मनीषा ओझा , श्रीशेष श्रेष्ठ , सम्राट् भुजेल, प्रविन खरेल , सन्तोष गिरि, प्रशंसा सिवाकोटी,दिग्गज खत्री ,सृष्टि महर्जन,दीपेश गजुरेल अरुण शाह,सवि थापा , रिता साइजु, भुवन लुहार, मनोज पोख्रेल, किशोर थापा, विशाल बुढा क्षेत्रीको अभिनय नाटकमा रहेको छ । फागुन ५ गते देखि २० गते सम्म बानेश्वर थापा गाउँ स्थित मण्डला नाटक घरमा "मुनमुन" सोमबार बाहेक हरेक दिन साँझ ५:१५ बजेबाट मञ्चन हुने छ भने शनिवार दिउँसो १:३० र साँझ ५:१५ मा दुई सो मञ्चन गरिने छ ।