गत शुक्रवार बाट प्रदर्शनमा आएको फिल्म ‘आँधी तुफान’ले सिनेमा घरमा तुफान ल्याउन सकेन । सिङ्गल थिएटरमा मात्र प्रदर्शन गरिएको फिल्मले पानी पनि भन्न पाएको छैन । निर्माता मौनता श्रेष्ठले गुमनाम रुपमा फिल्म रिलिज गरिदिए र हो अथवा दर्शकको स्वाद अनुसारको फिल्म नभएर हो , फिल्मलाई  दर्शकको हाहाकार भइरहेको छ ।कुनै प्रचार प्रसार बिना नै हलमा चलाइएको फिल्मले माउथ पब्लिसिटिका कारण पनि चर्चा कमाएको छ । तर यो  फिल्मको भने•••••। मल्टिप्लेक्समा पनि यो फिल्मलाई एक सो पनि दिइएको छैन । साथै फिल्मलाई अपकमिङको रुपमा पनि राखिएको थिएन । तर सोही दिनबाट प्रदर्शनमा आएको अर्को फिल्म ‘मनसँग मन’ले भने मल्टिप्लेक्समा सुखद सोज पाइरहेको छ भने दर्शकले रुचाएका पनि छन् । तर आधि तुफान भने टाई टाई फिस ...। निकट श्रोतको अनुसार निर्माण टिमले भने फिल्म हिट  भएको झुटो प्रचार फैलाएका छन् रे ,सायद हुन पनि सक्छ त्यस्ता थुप्रै फिल्म जसले हल शून्य तर फिल्म भने हिट बनाइरहेका छन् ।  ‘आँधी तुफान’ पनि हल शून्य तर हिटकै उदाहरण हुन सक्छ । यसो त बुझिए अनुसार गत शुक्रवार कमलबिनायक हलमा "मन सँग मन" हेर्न आएका दर्शकलाई  पनि ‘आँधी तुफान’को टिकट दिँदै फिल्म हेर्न पठाइएको थियो  । फिल्मलाई मदन घिमिरेले निर्देशन गरेका छन् । मौनता श्रेष्ठको कथा र निर्माण रहेको फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, रवि गिरी, ध्रुव कोइराला, सञ्जय खतिवडा, पुष्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा रामशरण उप्रेतीको छायाँकन,प्रेम चुल्ठेको एक्सन , दिनेश सुवेदीका गीत,रानी शाक्यको स्वर र कमल राईको नृत्य रहेको छ । १६ वर्षपछि ‘आँधी तुफान’ को सिक्वेल निर्माण भएको हो ।   २०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा निर्माण गरिएको फिल्म ‘आँधी तुफान’ले व्यावसायिक सफलता हासिल गरेको थियो । लेडी एक्सन प्रधान फिल्ममा अभिनेत्री त्रय पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछाने मुख्य भूमिकामा थिए । सायद मौनता श्रेष्ठले यस् सिक्वेललाई  २०७९ साललाई  २०६१ साल सम्झेरै फिल्मको प्रचार नगरेको हुन पर्छ ।