१० वर्षपछि अभिनेता राजबल्लभ कोइरालाले फिल्म "कामिनो" मार्फत अभिनयमा कम्ब्याक गरेका छन् ।दीपक वलीको निर्देशन रहने फिल्मको निर्माण टिमले पोस्टर फेसबुकमा शेयर गर्दै राजबल्लभले लेखेका छन्, ‘दाई नेपाली फिल्ममा फेरि कहिले आउनुहुन्छ ? यो वर्ष, ‘कामिनो’सँगै ।’अमेरिकामा बस्दै आएका उनले पछिल्लो पटक २०७० सालमा फिल्म ‘६ एकान ६’मा काम गरेका थिए ।उनले नेपाल आएर फिल्मको छायांकन गर्न लागेका होइनन् । ब्राजिल र उत्तर अमेरिकाको मेक्सिकोमा उनको भागको छायांकन हुनेछ । फिल्ममा प्रदीप खड्का मुख्य भुमिकामा छन् भने नायिका बर्षा शिवाकोटी पनि फिल्मको मुख्य भुमिकामा छिन् ।