कान्तिपुर मोडल एजेन्सीको ब्यानरमा बन्न लागेको अन टाईटल्ड प्रोजेक्टका लागि अडिसन हुने भएको छ। निर्माण टिमले अडिसनको पोस्टर सार्वजनिक गर्दै कास्टिङ कल आह्वान गरेका हुन् । अडिसनका लागि पुरुष कलाकारको हकमा १८ देखि २५ बर्ष उमेर हुनुपर्ने साथै महिला कलाकारको उमेर हद १८ देखि २२ बर्ष हुनुपर्ने छ भने बाल कलाकारको हकमा ४ देखि १२ बर्ष उमेर हद तोकिएको निर्माण टिमले जनाएको छ। अडिसन यहि आउँदो फागुनको अन्तिम साताबाट हुनेछ। इच्छुक कलाकारहरुले कान्तिपुर मोडल एजेन्सीको अफिसियल पेजमा गएर सम्पर्क गर्न सक्नेछन।सोसियल ड्रामामा आधारित फिल्मको अडिसनमा निर्देशक शंखर कार्की, कस्टिंग निर्देशक सुरेन्द्र क्षेत्रि तथा थिएटर आर्टिस्ट सागर कार्कीले निर्णायकको भूमिका निभाउने छन।हाल सम्म गोविन्द राज खड्का, मनोज दर्नाल जस्ता केहि कलाकारहरुको छनौट भएता पनि आगामी अडिसनबाट सम्पूर्ण कलाकारहरु पक्का हुने जानकारी निर्माण टिमको छ। अडिसनबाटफिल्ममा केहि नँया र पुराना कलाकारहरुको पनि अभिनय हेर्न सकिनेछ।दुर्गा बिस्टको प्रस्तुती रहने फिल्मका निर्देशक भने हालसम्म फाईनल भई रकेका छैनन्।