गायिका एलिना चौहान यतिबेला विवादमा तानिएकी छन् । एक अन्तर्वार्तामा रास्वपा सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेलाई चिन्दिन भनेपछि उनि विवादमा तानिएकी हुन्  । चर्को आलोचना सामाजिक सन्जालमा खेप्न परेपछि उनले आफ्नो संजाल मार्फत स्पष्टीकरण दिएकी छन् । चौहान लेख्छिन् :
आदरणिय  दर्शक महानुभावहर नमस्कार । आज म जहा जुन अवस्थामा छु हजुर हरुको माया र आशिर्वादको  कारण छु । पछिल्लो समय  मैले रजतपट कार्यक्रममा दिएको interview को एक अंश लाइ लिएर निकै बिबाद भइरहेको कुराले मेरो ध्यान आकर्षण भएको छ । उक्त कार्यक्रमको “कुन रुपमा चिन्नुहुन्छ “ भन्ने segment मा रबि दाइको फोटो देखाएर कार्यक्रम संचालकले उहांलाइ कुन रुपमा चिन्नुहुन्छ भनेर गरेको प्रश्नमा मैले उहांलाइ personally चाहिं कुन रुपमा चिन्छु भन्नुपर्ने थियो तर अहिलेसम्म देखभेट नभएको र interview /program नभएको हुनाले personally चाहिं कुनै रुपमा चिन्दिन भनेर भनेकि  थिएं । रबि दाइ एक कुशल पत्रकार , समाजसेवी र युवा नेता हो त्यसमा कुनै शंका छैन र सायद नचिन्ने कमै हुनुहुन्छ होला। तर ऋषि धमला जि संग भने संगै program परेको बेला चिनजान भएको र interview पनि दिएको हुनाले Personally चिन्छु भनेर भनेकि हुं । मैले सोहि interview मा अन्य धेरै कुराहरु पनि भनेकि छु त्यसको कतै चर्चा भएन । टिकटिक तिर सानो  clip काटेर अर्थको अनर्थ लगाएर गलत ब्याख्या गर्दै हदैसम्म गिरेर गालि गरिरहेको पाएं । भावनामा बगेर भन्दापनि  कृपया पुरा interview हेरेर मात्र आफ्नो धारणा बनाउनुहोला  एक पटक आंखा चिम्म गरेर सोच्नु त ? मैले त्यसरि गालि गर्नुपर्ने केहि गरेकि छु र?  म हजुर हरुकै छोरि चेलि दिदि बहिनि हो त्यसैले त्यति तल झरेर गालि नगरिदिनुहोला । मैले जानिजानि कुनै गल्ति गरेकि छैन र कसैप्रति गलत धारणा राखेकि छैन । तरपनि मेरो कुराले कसैको भावनामा आंच पुगेको भए माफि चाहान्छु । तपाइंहरुकि प्रिय गायिका
एलिना चौहान