फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन यति बेला धमाधम भैरहेको छ । भारतको हैदराबादमा अवस्थित स्टूडियो मानिने रामोजी फिल्म सिटीमा फिल्मको छायांकन भैरहेको छ । बलिउड कलाकार देखि नेपालि कलाकार सम्मको अभिनयरहेको फिल्मको केही तस्विरहरु पनि सार्वजनिक गरीएको छ । तस्विरमा निता बलिउड कलाकारहरु संग देखिएकी छिन् । नीता फिल्मस्को ब्यानरमा बन्ने फिल्मको लागत चार करोड बढी अनुमान गरिएको छ ।चन्द्र पन्त निर्देशक रहेको फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, नरेन खड्का, आदर्श मिश्रा, गरिमा शर्मा, लक्ष्मी पौडेल, वसिम राजा, साउथ फिल्मका कलाकारहरु ब्रह्मानन्दम, अली, ‘पुष्पा’का भिलेन सुनिल वर्मा, ‘गजनी’का भिलेन प्रदीपराज रावतको पनि अभिनय रहनेछ