दि लाइफ एक्सप्रेस मुभी मेकर्सले अदिती कलेक्सन एन्ड मल्टिपर्पोज सङको सहकार्यमा नेपाली कथानक चलचित्र स्तरको "प्रेमरस" नामक वेब सिरिजको बुढासुब्बा डिजिटल मार्फत मिति २०७९/११/१ गते फागुने संक्रान्तिको दिन वल्र्डवाइड रिलिज गरेको छ।  कलेजमा अध्ययनरत युवाहरुको प्रेम,रोमान्स र धोकाको साथमा क्राइम ओरियन्टेड,सस्पेन्स कथामा निर्माण भएको सिरिजको सिनहरुले कता-कता सिरिङ हुने घटना बस्तु रहेको कास्टिङ डाईरेक्टर सुमन थापाले बताउनुभएको छ।    दुई दशक भन्दा बढी समय चलचित्र बृतमा बिताउनु भएको निर्दशक रोशन कुमार द्वारा निर्दशन गरिएको "प्रेमरस" आफ्नो भन्दा समयको माग र आफुले दिने मार्गदर्शन एस्तै सामाजिक जनचेतनामूलक प्रस्तुति रहेकोले त्यै अनुरुप दर्शकबृन्दले शिक्षाको साथमा मनोरन्जन पनि भरपुर लिन सक्ने तर्क दिदै रोशन कुमारले अहिले बदनाम बनाउन प्रयत्न भएपनी आफू तयार तर अब एस्तै झन खुराकहरु लिई आउने बताउनुभएको छ।                                                        

बलिउडमा निक्कै नै मेहनत तथा आबस्यक प्रशिक्षण लिएर आउनुभएको प्रेम बस्याल, याहाको प्रसिद्ध तथा दिग्गज सुनिल थापाको एभरेस्ट फिल्म एकाडेमीका सफल उत्पादन,सुमन थापा,अनिल दाहाल,समिक्षा खत्री लगायत अन्य एकाडेमीहरुबाट अम्बिका अधिकारी, जोन छेत्री ,पुर्णिमा थामी,युवराज प्रसाईं ,सोनि कडेल(श्रद्धा),सोनु परियार,सुनिता बस्नेत,राजु चौहान,प्रकाश बोहोरा,दधिराम पन्थी,अस्मिता खतिवडा,दिलिप लिम्बू,यज्ञराज सापकोटा साथै पशुपति बहुमुखी कलेजका अनेक ज्ञात-अज्ञात बिद्यार्थीहरुको अभिनय रहेको अनि सोनु परियार ,इसिम पोखरेलको नव प्रस्तुति रहेको "प्रेमरस" मा अग्रज तथा चर्चित कलाकारहरु दिनेश शाही,उमेश मायालु ,मधु के.सि. तथा रोशन कुमारको कुशल अभिनय देख्न सकिन्छ ।                                                                    

प्रेम बश्यालको लेखन तथा क्रीयटिभिटिको साथमा अनिल दाहालको सह-निर्दशनमा,एल.बि.लामाको प्रोडक्सन डिजाइनमा, रोयल सुटिङ स्टुडियो र लाइफ एक्सप्रेस मुभी मेकर्सको ईक्विप्मेन्टमा मोहनिस श्रेष्ठको छायांकन तथा सम्पादनमा,श्रद्धा कडेलको शृङ्गारमा,अदिती कलेक्सनको पहिरनमा,आरभ प्रोडक्सन(कल्पेश बिस्वकर्मा)को पब्लिसिटी डिजाइनमा, श्याम कृष्ण सन्जेलको निवासमा,पशुपति बहुमुखी क्याम्पसमा,काठमाडौ आसपासको लोकेसनहरुमा भब्यताका साथ छायांकन गरिएको थियो।  यो सिरिजमा सुरेन्द्र महर्जनको शब्दमा ओम प्रकाश राईको सङीतमा,पेमा शेर्पाको गायनमा कति लाग्छ माया पनि..भन्ने गीत समाबेश भएको छ भने ब्याकग्राउन्ड म्युजिक स्कोर आर.डि.थापाको रहेको छ । चलचित्र जस्तै लाग्ने तथा उत्तिकै स्टान्डर्ड्मा निर्माण भएको वेब सिरिज "प्रेमरस"लाइ हाम्रो शुभकामना ।