फिल्म "जारी"  को टिजर सार्वजनिक गरीएको छ । २०८० को नयाँ वर्षको दिन प्रदर्शनमा आउने फिल्मको गत मंगलबार टिजर रिलिज गरीएको हो । टिजरमा अभिनेता दयाहाङ र अभिनेत्री मिरुनालाई देखाइएको छ । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । 

बाँसुरी फिल्मको व्यानरमा निर्मित फिल्ममा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । फिल्ममा दयाहाङ र मिरुनासंगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणि नेपाल, पुस्कर गुरुङलगायतका कलाकारहरुको अभिनय छ