फिल्म ‘कामिनो’मा नीति शाह भित्रिएकी छन् । निर्माण टिमले नित्यी सँग सम्झौता गर्दै फिल्ममा अनुबन्धीत गरेका हुन् l अब उनी अभिनेता प्रदिप खड्काको अपोजिटमा देखिने छिन् l‘कामिनो’मा प्रदीप र नीतिसँगै वर्षा सिवाकोटी र राजबल्लभ कोइराला पनि फाइनल भैसकेका छन् । ‘कामिनो’मा प्रदीप र नीतिसँगै वर्षा सिवाकोटी र राजबल्लभ कोइराला पनि फाइनल भैसकेका छन् । दिपक ओलीको निर्देशन रहने  फिल्मको छायांकन आगामी चैतबाट सुरु हुनेछ । फिल्मका कार्यकारी निर्माता सुनिल विष्ट गौली हुन् भने पटकथा/संवाद महेश दवाडीले लेखेका हुन् ।सौरभ लामाको छायांकन, एसडि योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहने फिल्ममा पूर्ण लामा क्रियटिभ डिरेक्टर र दिनेश प्रकाश महरा प्रोडक्शन डिजाइनरमा छन् । तीन करोडभन्दा बढीको लगानीमा निर्माण हुन लागेको फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस गरी चार भाषामा रिलिज गर्ने तयारी गरिएको छ । स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हुन्छ ।