निर्देशक दिनेश राउतको नयाँ फिल्ममा दिक्षिता कार्की अनुन्बन्धीत भएकी छन् l चर्चित भ्लगर तथा संगीतकार चेतन कार्कीकी छोरी रहेकी दिक्षिता अहिलेकी ‘युट्युब सेन्सेसन’ हुन् । ‘जीवन’, ‘तिमी र म’ जस्ता गीत उनका चर्चित छन् । अंग्रेजी गीतको कभर गाएर चर्चामा आएकी उनको युवापुस्तामा गजब फ्यान फलोइंग छ । केही दिनअघि निर्माण टिमले उनीसँग कागजी सम्झौता गरेको हो । अब उनको जोडी गाय्तक स्वपन सुमन सँग बाधीने छ l उनले गायक स्वप्न सुमनलाई अभिनेताको रुपमा डेब्यू गराउँदै लभस्टोरी फिल्म बनाउन लागेका हुन् । अहिले स्वप्नले अभिनय सिकिरहेका छन् । आगामी बैशाखबाट छायांकन थालनी गर्ने तयारी गरिएको फिल्मको पटकथा विकास सुवेदीले लेखिरहेका छन् ।