आजबाट फिल्म "फुलबारी प्रदर्शनमा आएको छ । राम बाबु गुरुङको निर्देशन रहेक फिल्मको बूकिङ खोलेको निर्माण टिमले जानकारी गराएका हुन् । विपिन कार्की र अरुणा क्षेत्री मुख्य भूमिकामा रहेको फिल्मले अवकाश प्राप्त शिक्षकको परिवारको उतारचढावको कथा बोल्छ। फिल्ममा दयाहाङ्ग राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ्ग, अनुपम शर्मा, लोकेन्द्र लेखक लगायतका कलाकार पनि प्रमुख भूमिकामा रहेका छन्। कमल किशोर मालपानीको कथा र कन्सेप्ट रहेको फिल्मलाई उपेन्द्र सुब्बाले लेखेका छन्।मनिष ढकाल निर्माता रहेको फिल्ममा मनिराम पोख्रेल कार्यकारी निर्माताको रुपमा रहेका छन्।