साहित्यकार तथा लेखक बुद्धि सागरको दोस्रो उपन्यास ‘फिरेफिरे’ बाट प्रेरित नाटक "मुनमुन" आजबाट मञ्चन हुने भएको छ । राजधानीको थापागाउँस्थित मण्डला नाटकघरमा नाटक आजदेखि फागुन २० सम्म मंचन हुने छ नाटकको लेखन तथा निर्देशन सम्राट भुजेलले गरेका छन् । श्रीसेस श्रेष्ठको सह–निर्देशनमा तयार पारिएको नाटकमा किशोर महर्जनको संगीत रहेको छ । मनीषा ओझा, प्रविन खरेल, सन्तोष गिरी, प्रशंसा सिवाकोटी, दिग्गज खत्री, सृष्टि महर्जन, दीपेश गजुरेल, अरुण शाह, सवि थापा, रिता साइजु, भुवन लुहार, मनोज पोखरेल, किशोर थापा, विशाल बुढाक्षेत्रीलगायतले नाटकमा अभिनय गर्नेछन् । नाटक सोमबारबाहेक हरेक दिन साँझ सवा ५ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ । तर शनिबार दिउँसो साँढे १ र साँझ सवा ५ बजे गरेर दुई शोमा नाटक देखाइनेछ