दुईटा पोस्टर सार्वजनिक गरेर फिल्म ‘ए साथी सुन’को आगामी चैत १० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । सार्वजनिक दुईटा पोस्टरमध्ये एउटामा अभिनेत्री वर्षा सिवाकोटी र अर्कोमा रमेश बानियाँलाई देखाइएको छ । राम राघव आचार्यको लेखन तथा निर्देशनमा बनेको फिल्म इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको हो । लभस्टोरी, थ्रिलर तथा कमेडी जनरामा निर्माण भएको फिल्ममा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरीलगायतको पनि अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल बाल कलाकारमा छन् ।फिल्मलाई बीना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन् । सह-निर्मातामा भने सुदीप पौडेल छन् ।