फिल्म ‘प्रेमा’को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘मन मनमा’ बोलको गीतमा रिकेश गुरुङ र सुबानी मोक्तानले स्वर दिएका छन् । अनिल शर्मा र सुशान्त गौतमको शब्द रहेको गीतमा गौतमकै संगीत रहेको छ । भिडियोमा फिल्मका मुख्य कलाकार सुवेक्क्षा खड्का र अरुण क्षेत्री फिचर्ड छन् ।
साथै गीतको भिडियोमा नायिका सृष्टि श्रेष्ठलाई पनि देखाइएको छ । फिल्मका लेखक तथा निर्देशक गोविन्द सिंह भण्डारी हुन् । फिल्म चैत १७ गतेबाट प्रदर्शनमा आउँदैछ ।