फिल्म ‘छक्का पन्जा ४’ मध्यपुर्वमा पनि एकसाथ प्रदर्शनमा आउने भएको छ। फागुन १९ गतेबाट नेपालमा रिलिज तयारीमा रहेको फिल्मलाई निर्माण टिमले मध्यपुर्वको छ देशमा पनि एकसाथ प्रदर्शनमा ल्याउने तयारी गरेका हुन् । दिपकराज गिरि, दिपाश्री निरौला, निर शाह, केदार घिमिरे, निर्मल शर्मा , बुद्धि तामाङ्ग, बेनिशा हमाल, राज आचार्य, सुष्मा निरौला लगायतका कलाकारको अभिनय फिल्ममा रहेको छ। हेमराज बिसीले निर्देशन गरेको फिल्ममा केदार घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माताको रुपमा रहेका छन्।