निर्देशक सुदर्शन थापा पुत्रलाभ भएको छ । थापा दम्पतीले फ्रन्टलाइन अस्पतालमा पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएका हुन् । सुदर्शनले सन्तान र आमाको तस्विर फेसबुकमा पोस्ट गर्दै आफू पिता बनेको खुसी साटेका छन् । उनले छोराको नाम प्रियदर्शन राखेको पनि जानकारी गराएका छन् ।२०७८ सालको असोजमा नायिका तथा संचारकर्मी सुप्रिया विवाह बन्धनमा बाँधिएका थिए । विवाहअघि उनीहरु केही वर्ष प्रेम सम्बन्धमा थिए ।