फिल्म ‘बिहे पास’ का नयाँ पोष्टर सार्वजनिक भएको छ। निर्माण टिमले शिवरात्रीको अवसर पारेर ३ नयाँ पोष्टर सार्वजनिक गरेका हुन् । सार्वजनिक ३ पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहाङ्ग राई र प्रकृति श्रेष्ठलाई देखाइएको छ । रोजन श्रेष्ठ निर्माता रहेको फिल्मम रत्न श्रेष्ठ कार्यकारी निर्माताको रुपमा रहेका छन्। सार्वजनिक पोष्टरमा निर्माण टिमले बैशाख १ गतेलाई जन्त जाने दिनको रुपमा चित्रित गरेको छ। फिल्ममा दया र प्रकृतिको अलावा बुद्धि तामाङ्ग, रविन्द्र झा, शिशिर वाङ्ग्देल मुख्य भूमिकामा रहेको फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरेका छन्।