फिल्म "फुलबारी" हेर्ने दर्शकको चाप बढेको छ । गत शुक्रबार देखि रिलिजमा आएको फिल्मले बक्स अफिसमा तहल्का मच्चाएको छ । शुक्रबार मध्यम व्यापार गरेको फिल्म गत शनिवार देखि भने सिनेमा हलमा दर्शकको चाप बढाएको हो । शनिबार बिहानी शोजमा ५० प्रतिशत आसपासको अकुपेन्सी पाएको फिल्म  दिउँसोदेखि बेलुकासम्म हाउसफुल रह्यो । कति हलमा दर्शक टिकट नपाएर फर्केका थिए ।शनिबार क्युएफएक्सले १०, एफक्युबले ३,  बिएसआर मुभिजले २, वान सिनेमाजले २ र सिनेप्लेक्स मुभिजले १ शो थप गरेका थिए । जुन आइतबारपनि यथावत छन् ।फूलबारी’ हेर्न आइतबारपनि दर्शकको चाप देखिएको छ । बिहानी शोमा ४०-५० प्रतिशत अकुपेन्सी पाएको फिल्मका दिउँसोका शो हाउसफुल नजिक पुगेका छन् । बेलुकाका शो हाउसफुल हुने प्रक्रियामा छन् ।
 मल्टिप्लेक्सदेखि सिंगल थियटरसम्म दर्शकको चाप छ । यशोदा फिल्मस् ब्यानरमा निर्माण भएको फिल्ममा उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कन्सेप्टमा निर्मित सिनेमामा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।फिल्ममा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा विपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की, दयाहाङ राई, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ ।