छायांकन अगावै फिल्म ‘फाटेको जुत्ता खै’को रिलिज मिति घोषणा गरिएको छ ।तिहारको छेको पारेर कात्तिक २४ गतेलाई फिल्मको रिलिज मिति घोषणा गरीएको हो । वैशाखदेखि नवलपरासीको त्रिवेणीमा फिल्मको छायांकन सुरु हुने जनाइएको छ । निर्माता अर्जुन कुमारले यसअघि निर्देशक खड्कासँगको सहकार्यमा फिल्म ‘फाटेको जुत्ता’ निर्देशन गरेका थिए ।झण्डै दुई करोड बजेटमा निर्माण हुन लागेको फिल्मलाई निकेश खड्काले निर्देशन गर्नेछन् ।फिल्ममा सौगात मल्ल र ऋचा शर्माको शीर्ष भूमिका रहनेछ ।