फिल्म  "ए साथी सुन"को शिर्ष गीत रिलिज भएको छ ।  सुरज अधिकारीको संगीत तथा रविना मगरकको शब्द रचना रहेको गीतमा अञ्जु पन्त र किरण भुजेलको स्वर सुन्न सकिन्छ । गीतमा अभिनेत्री शिवाकोटी र डेव्यु अभिनेता बानियाँ फिचर्ड छन् ।सार्वजनिक गीतको भिडियामा रामजी लामिछानेले कोरियोग्राफी हेर्न सकिन्छ । राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्ममा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा फिल्ममा अभिनय गरेका छन् ।



इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको सह-निर्मातामा सुदीप पौडेल छन् । फिल्मलाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् ।आगामी चैत १० गते फिल्म रिलिज हुनेछ ।