मिस लिम्बू’को पाँचौं संस्करणका लागि काठमाडौंमा भएको अडिसन बाट १३ जना र डिजिटल अडिसनमार्फत चार जना छनोट भएका छन् । काठमाडौं अडिसनबाट फुङ्निमा योङ्हाङ, साम्माङ थाम्सुहाङ, एलिना तुम्बापो, ममता आङ्बो, गंगा सेम्बु लिम्बू, निरुता लिम्बू, अस्मिता मादेन,जमुना सेम्बु र सुस्मा इम्सोङ लिम्बू छनोट भएको कार्यक्रम संयोजक एवं गायक रुकमान लिम्बूले जानकारी दिए ।त्यस्तै, डिजिटल अडिसनमार्फत चार जना छनोट भएका छन्। जसमा मुन नाल्बो, कल्पना लिङ्खिम, याङ्चुली खापुङ र सुम्निमा खापुङ छन्। ‘मिस लिम्बू’को छनौट अडिसनका लागि कोरियोग्राफर जयन सुब्बा मानन्धर, गायक डम्बर नेपाली, वाईवाईएका सल्लाहकार आशा नेम्बाङ, नेपाल पत्रकार महासघ काठमाडौं शाखाका अध्यक्ष सुर्य सुवेदी, छाँयाकार एवं निर्देश्क भुपेन्द्र तुम्बाहाङ्फे, मिस लिम्बू–२०१५ विष्णु चेम्जोङ र तेह्रथुमे ढाका बुटिककी सञ्चालक निर्मला आङ्बुङ लगायत निर्णायकको भूमिकामा रहेका थिए