फिल्म ‘प्रसाद २’को  विदेश राइट्स बिक्रि हुन् थालेको छ। फिल्मको अष्ट्रेलिया राइट्स गोर्खे इन्टरटेनमेन्ट र नमस्ते इन्टरटेनमेन्टले खरिद गरेको हो फिल्मका निर्माता सुभाष थापा र रञ्‍जित वन्त बिछ शनिबार फिल्मलाई  लिएर कागजी सम्झौता भएको हो l बैशाख १ मा अव अष्ट्रेलियामा एकसाथ फिल्म रिलिज हुनेछ। अभिनेत्री केकी अधिकारी र अभिनेता बिपिन कार्कीको मुख्य भूमिका रहेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् l विपिन र केकीको अलावा फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, विशाल पहाडी, कमलमणी नेपाल, निमा पाण्डे चलचित्रमा मुख्य भूमिकामा रहेका छन्।