‘मुन्द्रेको कमेडी क्लब’ कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने भएको छ ।गत मंगलवार प्रेस सम्मेलन आयोजना गर्दै शो बारे जानकारी गराइएको हो l शो ५२ एपिसोड प्रसारण गर्ने तयारी छ । की-इन्टरटेनमेन्ट तथा एडी रिलिजको सहकार्यमा यो शो चैत २ गतेदेखि राती ९ बजे प्रसारण हुने भएको हो । जितु नेपालले होस्ट गर्ने ‘मुन्द्रेको कमेडी क्लब’लाई दिनेश डी.सीले निर्देशन गर्नेछन् l कार्यक्रममा जितु, प्रियंका सहित दमन रुपाखेती, राजेन्द्र नेपाली, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बाँस्कोटा सहितका कलाकार रहेका छन् l कार्यक्रम संयोजकमा सुमन गिरी भान्जा छन् ।