नायक पल शाहको आज जन्मदिन परेकाले नायिका पूजा शर्मा पललाई भेट्न कारागार पुगेकी छन् l पललाई भेट्न उनी तनहुँ कारागारमा पुगेकी हुन् । निर्देशक शोभित बस्नेतसँग पूजा तनहुँ पुगेकी हुन् l करिब एक वर्ष अगाडी पल शाह नाबालिग बालत्कारको आरोपमा कारागार पुगेका थिए । नवलपुर जिल्ला अदालतले नाबालिग बलात्कारको मुद्धामा पललाई बलत्कार ठहर नगरेपनि बाल यौन दुराचारमा भने सजाय दिएको छ ।