फिल्म ‘छड्के २’को प्रोमोसनल अडियो एल्बम सार्वजनिक गरिएको छ । ६ हिप-हप गीत समावेश गरेर निर्माण टिमले एल्बम सार्वजनिक गरेका हुन् l साथइ आज निर्माण टिमले फिल्मको ट्रेलर पनि सार्वेजनिक गर्दै छन् l काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा मेधा प्रोडक्सन र निर्वाणा फिल्म स्कुल सह निर्माताको रुपमा रहेका छन् ।
निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा अनमोलको साथमा रविन तामाङ्ग, कमलमणि नेपाल, सृजना सुव्वाको साथमा डेव्यु नायिका रेशा आले मगरको मुख्य भुमिका रहेको छ ।फिल्म यही १९ गते बाट प्रदर्शनमा आउँदै छ l