बाल गायन रियालिटी शो ‘भ्वईस किड्स’ मा यसपटक कोच हेरफेर हुने भएको छ । प्रसारणको तयारीमा रहेको शोमा यस् पटक राजु लामाको ठाउँ सुशान्त केसीले लिने भएका हुन् । पहिलो सिजनमा प्रमोद खरेल , राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी कोचको रुपमा रहेका थिए। शोलाई लक्ष्मण पौडेलले निर्देशन गर्ने छ्न् ।