पछिल्लो समय नेपाली चलचित्रकर्मीहरु चलचित्र प्रचार–प्रसारमा अगाडी छन् । कहिले कहिले कभर गीत प्रतियोगिता, कहिले फिल्मी युनिटको मोफसल यात्रा त कहिले कन्सर्ट गर्न चलचित्रकर्मी पुग्ने गर्दछन् । यति बेला चलचित्र ‘फाटेको जुत्ता’ले चलचित्र प्रमोसनको लागी नयाँ तरिका अगाडी ल्याएको छ । आफ्नो नाम सँगनै मिल्दोजुल्दो रहेर चलचित्र युनिटले फाटेको जुत्ताको फोटो खिचेर पठाउँदा नयाँ जुत्ता उपहार दिने योजना ल्याएको हो।

आफूसँग भएको फाटेको जुत्ता फेसबुकमा अपलोड गरेर चलचित्रको एकाउन्टमा ट्याग गर्ने मध्य २ सय ५० जनाले नयाँ जुत्ता उपहार पाउने छन् । चलचित्रका निर्माता अर्जुन कुमारले आफ्नो फेसबुक अकाउन्ट मार्फत उक्त कन्टेस्टको बारेमा जानकारी दिएका थिए । हरेक हप्ता हुने लक्की ड्रमार्फत विजयी हुने २५० जनासम्मलाई देशभर घरमै जुत्ता पुर्याइने छ । निकेश खड्का निर्देशन रहेको चलचित्रका सौगात मल्ल, प्रियंका कार्की, बुद्धि तामाङ, कामेश्वर चौरासिया, आमिर गौतम, रवीन्द्र झा, रमेश रन्जन, सन्दीप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ । कात्र्तिक १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर र गीतहरू सार्वजनिक भइसकेका छन् ।