पुष्कर लामा चलचित्र प्राविधिक संघ (नेफ्टा)को अध्यक्षमा पुन:निर्वाचित भएका छन् । संस्थाको बीसौं वार्षिक साधारण सभाले लामालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । यस् अघि पनि दुई पटक लामा निर्वाचित भएका थिय । यसै गरी निर्माता युवराज कार्की महासचिव र कृष्णबहादुर थापा कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छ्न् ।