पोखरा उच्च अदालतले सफाइ दिएसंगै अभिनेता पल शाह आज रिहा भएका छन् । फुलमाला सहित पललाई उनका शुभचिन्तकहरुले जेल मुक्त भएपछि स्वागत गरेका हुन् । नाबालिग गायिका माथि बाल यौन दुराचारको मुद्दामा सजाय काटिरहेका पल शाह सोमबार नै रिहाइ भएका हुन् न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।