अभिनेत्री शिल्पा पोख्रेलले मुद्दा जितेकी छन् । निर्माता छविराज ओझा संग सम्बन्ध बिछेदको मुद्दा हालेकी थिइन् । जिल्ला अदातल काठमान्डौले शिल्पालाई छविको आधा सम्पती दिने घोषणा गरेको छ।मुद्धाको छिनोफानो लागेपछि शिल्पाले सामाजिक संजाल मार्फत खुशी साटेकी छिन्। उनि लेख्छिन्, हिजो सम्मानित काठमाडौं जिल्ला अदालतबाट छवि ओझा बिरुद्धको मेरो मुद्धामा मलाइ जिताउने सम्पुर्ण निर्णयले मैले सम्मानित अदालतबाट न्याय पायेको महसुस गरेको छु। यस कठिन समयमा मलाइ बलियो साथ दिने सबै परिवारजन, आमा, बुवा, दाई, भाउजू,साथिहरु, संघ संस्था तथा बिशेष सहयोगको लागी वरिष्ठ अधिवक्ता रमेश गुरागाइज्यु र अधिवक्ता मनोज यादवज्युलाइ कृतज्ञता तथा हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु ।’छविले अव शिल्पालाई सम्पतीको आधा हिस्सा दिनुपर्नेछ भने छवीसंग हुँदाको ऋणको आधा भाग शिल्पाले पनि बेहोर्नुपर्ने छ। छविले २० करोड भन्दा बढी ऋण रहेको अदालतमा प्रस्तुत गरेका छन् ।