फिल्म ‘बहाव’ को ट्रेलर सार्वजनिक भएको छ । चैत्र २४ गतेलाई रिलिज मिति तोकिएको फिल्मको ट्रेलर आज रिलिज गरीएको हो । जिज्ञासा, विचार अनि यथार्थको कथा बोल्ने फिल्ममा नायिका सुरक्षा पन्त मुख्य भूमिकामा रहेकी छन् ।
फिल्मलाई प्रमोद कंडेलले निर्देशन गरेका हुन् । संचारकर्मी श्रीधर पौडेलले निर्माण रहेको फिल्ममा सुरक्षाको अलावा कमलमणी नेपाल, अफ्रान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हिरालाल कंडेल र पवन श्रेष्ठको अभिनय छ ।