चलचित्र पत्रकार संघको नवौं महाधिवेशनबाट नयाँ कार्यसमिती चयन भएको छ  । अध्यक्ष पदमा समिर बलामी निर्वाचित भएका छन् ।प्रतिस्पर्धी राजन घिमिरेलाई फराकिलो मातान्तरले पराजित गर्दै बलामी संघको अध्यक्ष पदमा चयन भएका हुन् । यसै गरी संघको उपाध्यक्ष संगठनतर्फ विजय सुवेदी ‘आवाज’,कुवेर गिरी र उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई विजयी भएका हुन्  । महासचिव पदमा रघुनाथ सापकोटा प्रतिद्वान्दी प्रदीप कार्कीसँग झिनो मतान्तरणले विजयी भए ।सचिवमा पदमा उद्धव रसाइली,कोषाध्यक्षमा मनिषा कार्की बिजयी हुँदा सह-कोषाध्यक्षमा मनिष दाहाल निर्विरोध बिजयी भएका छन् ।यस्तै, संघको कार्यसमिती सदस्यमा सुरेन्द्र थापा, सीपी जैसी, अनुप भट्टराई, निशा बजगाँई, अर्जुन गुरागाँई र कृष्ण पाण्डे बिजयी भएका छन् । महिला सदस्यतर्फ सुष्मा कार्की सर्वाधिक मतल बिजयी भइन् । संघको समावेशी सदस्यमा मोहमद जलिम निर्विरोध भए ।