ठुला ब्यानरका दुई फिल्म ‘छड्के २’ र छक्का पन्जा प्रदर्शनमा आएका छन् । हेब्भि भिड्न्तको रुपमा हेरीएको यो दुई फिल्म आजबाट एक साथ प्रदर्शनमा आएका हुन् । दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पन्जा ४’ लाई हेमराज विसीले निर्देशन गरेको ‘छक्का पन्जा ४’ मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ । फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन् । नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । यसै गरी "छड्के २" मा अनमोल केसी मुख्य भुमिकामा छन् । मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको फिल्ममा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी तथा लोकेश बज्राचार्यको सम्पादन छ । निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता तथा कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।