फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक गरिएको छ ।
  आगामी चैत २४ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले फिल्मको ट्रेलर रिलिज गरेका हुन् । जातीय विभेद अन्त्य गर्नका लागि विपिन कार्की `उर्फ´  बाबुराम  पात्रले गर्ने संघर्षलाई देखाइएको छ ।सुदर्शन थापाको निर्देशनमा बनेको फिल्ममाअर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी कुलदिप अधिकारी लगायतको पनि अभिनय छ ।सुदर्शन बस्नेत निर्माता रहेको फिल्मको प्रस्तुतकर्ता सुभाष थापा हुन् भने सुशिल पौडेल फिल्मका लेखक हुन् ।   

 

सुलभ थापा प्रोडक्सनले एसजी फिल्म्ससँग मिलेर निर्माण गरेको फिल्मका छायाँकार राजेश श्रेष्ठ हुन् । ‘प्रसाद २’मा विक्रम स्वारको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटीको शब्द रचना तथा संगीत र शैलेस श्रेष्ठको ब्याकग्राउन्ड स्कोर छ । फिल्मको कथावस्तुले यसपटक दर्शकलाई झनै आकर्षित गर्ने निर्देशक थापा बताउँछन् । फिल्मको वितरण विके फिल्म्सले गर्नेछ ।