फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’को टिजर सार्वजनिक गरिएको छ । कोरियोग्राफर रेनशा वान्तवा राईद्वारा निर्देशित फिल्मको टिजरमा अभिनेता धिरज मगर देखिएका छन् । बैशाख २१ लाई रिलिज मिति तय गरीएको फिल्मको निर्मातामा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा छन् । आइकोर फिल्म्सको ब्यानरमा बनेको फिल्ममा जसिता गुरुङ, अरुण क्षेत्रीको पनि मुख्य भूमिका छ । यस फिल्ममा धिरज ज्याकीको भूमिकामा छन् ।
फिल्ममा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ । काठमाडौं, धरान, ललितपुरमा छायांकन भएको यो फिल्मका लागि धिरज र जसिताले करिब एक वर्ष नृत्यको तालिम लिएका थिए ।