सितापाइलास्थिति अनुपम मलमा `सिके सिनेमाज्´ सञ्चालनमा आएको छ । आजबाट सिनेमा हल संचालनमा ल्याइएको हो। सिके सिनेमाज्को उद्धघाटन कार्यक्रममा चलचित्र बिकास बोर्ड अध्यक्ष भुवन केसी, काठमाडौं क्षेत्र नम्बर ८ का संघिय सांसद विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपमेयर सुशिला अधिकारी उपस्थित थिए । प्रमुख अतिथिको रुपमा बोर्ड अध्यक्ष केसीले रिवन काटेर हलको शुभारम्भ गरिएको थियो ।अत्याधुनि सुविधासहित सञ्चालनमा आएको सिनेमा हलमा ३ सय ९१ सिट क्षमता रहेको छ । करिब १२ करोड लगानीमा निर्माण भएको सिनेमा ७१ र डल्बी एटमोस साउण्ड सिस्टम जडान गरिएको छ । पर्दा रहेको सिके सिनेमाज्मा शुक्रबारबाट नेपाली सिनेमा छड्के २ र छक्का पञ्जा ४ रिलिज भएका छन् ।नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र बिवेक तिमिल्सेनाको लगानी रहेको छ ।