फिल्म " नम्बरी सुनको" छाँयाकन सक्किएको छ ।  श्रीकाली चौरस्थित मन्दिरमा छायांकन सुरु भएको फिल्मको ३१ दिनमा इन्ड्क्ल्याप गरीएको हो ।  राजु गिरीको निर्देशन नारायण खातीको कथा तथा प्रस्तुतीमा निर्माण हुने फिल्ममा गौरव पहारी, नम्रता सापककोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, किरण नेपाली , सविन बास्तोला, विनोद न्यौपाने,गीता अधिकारी, स्मृती ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत,  माया श्रेष्ठ, हिरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा आशा भारती र अनिता गिरी लगायतका कलाकारको अभिनय रहनेछ । सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण भएको  फिल्ममा काजल गिरी, कंगना गिरी, बिमर्स कुँवर, सक्षम गहतराज, श्रीयान्स खाती लगायतका बाल कलाकारको पनि अभिनय रहनेछ । शिभम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको सिनेमालाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दैछन् । नम्बरी सुनमा अर्जुन पोखरेल र  सन्तोष श्रेष्ठको संगीत,रामजी लामीछाने नृत्य निर्देशक रहने छ ।  दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्धन्द्व निर्देशन रहने छ मुख्य  सहायक निर्देशनमा    जिबन गौतम रहेका छ्न  भने  प्रोडक्सन म्यानेजरमा अनिष अधिकारी रहेको छ ।  फिल्म लमजुङको भुजुङ्ग गाउँ, मनाङ र काठमाडौंका विभिन्न ठाउँमा छाँयाकन गरीएको छ  ।