गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ४’ पहिलो दिन नै एक करोड माथिको ग्रस कलेक्सन गरेको छ । दर्शकहरुको सकारात्मक प्रतिक्रिया सहित रिलिजमा आएको फिल्म पहिलो दिन नै सिनेमाघर हाउसफुल भएको थियो । बुझिए अनुसार अन्य केहि हलहरुको रिपोर्ट पनि आउन बाकि रहेको छ । हेमराज विसीद्वारा निर्देशित फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज घिमिरे, निर्मल शर्मा, रमेश बुढाथोकी, सुवास गजुरेललगायतको अभिनय रहेको छ । यस फिल्मका छायांकार नरेन्द्र मैनाली हुन् ।