अभिनेत्री रेखा थापा अभिनित चलचित्र ‘रुद्रप्रिया’ यति बेला प्रदर्शनको तयारीमा रहेको छ । रिलिजको संघारमा आएको चलचित्र कात्र्तिक २ गतेबाट एकसाथ हलमा र डिस होम च्यानल मार्फत टिभीमा रिलिज गर्ने निर्माण पक्षको तयारी रहेको थियो । अभिनेत्री थापाको अनुसार विकट ठाउँमा जहाँ हलहरु छैन्न, जो चलचित्र हेर्ने हल सम्म जान असक्षम छन् । उनीहरूलाई ध्यानमा राखेर हल र टिभीमा एकसाथ रिलिज गर्ने लागेको बताएकी थिइन् । तर सोमबार बसेको चलचित्र सङ्घको बैठकले हल र टिभीमा एकसाथ रिलिज गर्ने नपाइने निर्णय ल्याएसँगै यति बेला निर्माण पक्ष तनावमा छन् ।
रेखाले सङ्घको निर्णय माथि आपत्ति जनाउदै तानशाही प्रवधी भएको बताउछिन् । ‘म सङ्घको निर्णय उल्लङखन गर्ने पक्षमा होइन । तर नियम मान्न पनि त्यसको बारेमा पहिले सुचिकृत गराइनु पर्छ ।’ रेखा थप्छिन् ‘मैले दुई महिना अघिबाट प्रचारप्रसार थालेको थिए । त्यो बेला यस्तो निणर्य बनेन । मेरो चलचित्र भन्दा अघि केही चलचित्रहरु पनि टिभीमा रिलिज भइसकेका छन् । उक्त चलचित्रको बारेमा कसैले आवाज उठाएनन् तर जब मेरो चलचित्र रिलिज हुन लाग्यो अनि कहाँबाट नियम बन्यो ? ’ आफ्नो प्रोपटीलाई टुडिखेलमा समेत लगेर देखाउने अधिकार निर्मातालाई रहेको उनी बताउछिन् । यस अघिका रेखा अभिनित ‘काली’, ‘हिम्मतवाली’, ‘रामप्यारी’ लगायतका केही चलचित्रहरु पनि प्रदर्शनको नजिक पुग्दा यस्तै विभिन्न कारण विवादमा मुसिएका थिए । चलचित्र सङ्घले गरेको निणर्य गलत रहेको बताउने रेखा भन्छिन् ‘हरेक समय मेरो चलचित्र प्रदर्शन हुँदा नै यस्तै निणर्यहरु बन्दै आइरहेको छ ।’ हल र टिभीमा एकसाथ रिलिज गर्ने उद्देश्य धेरै मासले एकसाथ चलचित्र हेरुन् रहेको उनी बताउछिन् । ‘ मेरो उद्देश्य पैसा बटुल्ने होइन । ‘रुद्रप्रिया’को विषयवस्तु एकदमै राम्रो छ र सशक्त पनि त्यसै कारण धेरै भन्दा धेरै दर्शकमाझ चलचित्र पुगोस भन्ने मेरो चाह हो । नेपालको कति स्थानमा अझै हलहरु छैनन् । हल भएता पनि कति उपत्यका भित्र नै शारीरिक रूपमा असक्षम भएका छन् । सबै जना हल सम्म पुग्न सक्ने पहुच हुदैन् । त्यसै कारण मैले घाटा लागे पनि चलचित्रको विषय राम्रो भएको कारण टिभीमा दिएको हु ।’ गुनासो पोख्दै उनी भन्छिन् । अब चलचित्र सङ्घको निर्णय र रेखाको विरोधले कुन मोड लिने हो त्यो निकट भविष्यमा नै थाह हुनेछ।