गत शुक्रबार देखि प्रदर्शनमा आएको अभिनेता  अनमोल केसी स्टार फिल्म `छड्के २´ बक्स अफिसमा कम्जोर फिल्म कहलिएको छ । दर्शकलाई तान्न सक्ने क्षमता फिल्ममा नदेखिएपछि मल्टिप्लेक्सले आइतबारबाट शो संख्या घटाएका छन् । खराब समिक्षा र न्युन व्यापार भएपछि आइतबारबाट मल्टिप्लेक्स शो संख्या ह्वात्तै घटाएका हुन् । हाल सम्म फिल्मको ३ लाख मात्र ब्यापार भएको बुझिएको छ । सम्भवतः अनमोल केसीको फिल्मी करिअरकै सबैभन्दा कम ओपनिङ गर्ने ‘छड्के २’ पहिलो फिल्म हो । निगम श्रेष्ठको निर्देशन रहेको फिल्ममा मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन, राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी तथा लोकेश बज्राचार्यको सम्पादन छ । निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता तथा कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।