कलाकार सागर लम्साल क्षेत्री ‘बले’ लाई पितृ शोक परेको छ। १२ बर्ष देखि स्पेन बस्दै आएकाउनका पिता बरिष्ठ लोकगायक राजेन्द्र लम्सालको निधन भएको हो ।  स्वस्थ्यमा समस्या देखिएका लम्सालको शवलाई नेपाल ल्याउने तयारी गरिएको छ। ‘जापान टोकियो’, ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मर्स्याङ्दीको पुल’ लगायत दर्जनौ हिट गीत उनले दिएका छन्। जापान टोकियो उनको सर्वाधिक चर्चामा रहेको गीत हो।