झिँगेदाउ’ फेम्ड निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशन रहने आगामी फिल्ममा तीन नायिका एक साथ देखिने भएका छन् । नायिका रेखा थापाले निर्माण गर्न लागेको यस् फिल्ममा रेखाको साथै नायिका पूजा शर्मा र आँचल शर्माले स्क्रिन सेयर गर्न लागेका हुन् । आगामी बैशाखबाट छायांकनमा जाने फिल्मको स्क्रिप्ट सुलक्षण भारतीले  लेखिरहेका छन् ।स्क्रिप्टको ‘फस्ट ड्राफ’मा काम भैरहेको जानकारी दिँदै उनले फिल्म महिलाप्रधान विषयवस्तुमा बन्न लागेको बताए । फिल्म पूर्ण कमर्शियल हुने देउजाको भनाई छ ।