सिनेमाघरमा यतीबेला प्रदर्शन भैरहेको फिल्म "छक्का पन्जा ४" को  गीत सार्वजनिक गरीएको छ । "सिरुपाते जुँगा" बोलको गीतमा बाबुल गिरीले आवाज र संगीत दिएका छन् । शंकर अधिकारी`घायल´को  रचना रहेको गीतमा गायक गिरीकै कम्पोज, एरेन्ज र मिक्स्मास्टरिङ रहेको छ  ।  

 

फिल्ममा दिपाश्री निरौला  ,दिपक राज गिरि  , माग्ने बुढा र राज आचार्य , निर्मल शर्मा बेनिशा हमाल लगायतको अभिनय रहेको छ्। हेमराज बिसिले निर्देशन गरेको भिडियोमा कविराज गहतराजको नृत्य ,नरेन्द्र मैनालिको छाँयाकन र अन्कित खान ठकुरीको सम्पादन छ  । फिल्मल्र हालसम्म बक्स अफिसमा ४ करोड माथिको ब्यापार गरीसकेको छ  ।