फिल्म ‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । नारी दिवसको अवसर पारेर निर्माण टिमले फिल्मको फर्स्ट लूक्स सार्वजनिक गरेका हुन्  । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण बहेको फिल्ममा चार नारी पात्रको कथा समेटिएको छ।आभा शर्मा नेपाल निर्माता रहेको फिल्ममा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको छ। निर्देशक गणेश देव पाण्डेको निर्द्शन रहेको फिल्ममा बिबेक खड्काको छायाँकन रहेको फिल्मको सम्पादन अन्जय खड्काले गरेका छन् । फिल्मको कार्यकारी निर्माता नबीन भट्ट हुन् ।