फिल्म ‘पशुपति प्रसाद २ – भष्मे डन’ को डिजिटल राइट्स महँगो रकममा बिक्री भएको छ। छाँयाकनमा जानु अगावै ९५ लाखमा राइट्स बिक्री गरेर फिल्मले कीर्तिमान कायम गर्न सफल भएको हो । मंगलबार निर्माण पक्ष र ओएसआर डिजिटलका प्रबन्ध निर्देशक ओमप्रकाश अग्रवालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । फिल्ममा अभिनेता खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहनेछ ।बकृष्ण भारद्वाज र सुवास भुषालको संगीत रहने फिल्ममा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, रोहितराज गौतमको मुख्य सहायक निर्देशन, संजोग रसाइलीको सहायक निर्देशन र दिर्घ खड्काको सम्पादन रहनेछ ।