फिल्म ‘छड्के २´ लाई सिनेमाहलले उतार्देको छ । फिल्मले समिक्षामा प्रतिक्रिया राम्रो नभएको र दर्शकले हेर्न नचाहेको कारण हलले फिल्मलाई निकाल्दिएको हो । रिलिज भएको ६ दिनमै हलले फिल्मलाई फ्याल्दिएको हो । ३ करोड लगानीमा निर्माण गरीएको फिल्मले हालसम्म ३० लाख जबर्जस्ति कमाएको छ ।  निगम श्रेष्ठ निर्देशित फिल्मले निकै कमजोर समीक्षा प्राप्त गरेको छ । ओपनिङमै फिल्मको अकुपेन्सी पाँच प्रतिशत हाराहारीमा मात्रै थियो । फिल्मलाई प्रशान्त गिरी र देवकुमार श्रेष्ठले निर्माण गरेका हुन् भने अनमोलले यो फिल्मबाट ५० लाख रुपैयाँ पारिश्रमिक लिएको जनाइएको थियो ।नायक र स्टारडम हेरेर पैसा लगानी गर्नेहरुलाई ‘छड्के २’को असफलताले सतर्क बनाएको छ   ।