भारतका चर्चित कलाकार सतीश कौशिकको निधन भएको छ । ६६ बर्षको उमेरमा उनको निधन भएको हो । अभिनय साथै निर्देशनमा अब्बल मानिएका कौशिकको निधन भएको खबर अभिनेता अनुपम खेरले सामाजिक सन्जाल मार्फत जानकारी गराएका हुन् । उनले लेखेका छन्, ‘जान्दछु, मुत्यु नै यो दुनियाँको अन्तिम सत्य हो । तर, यो कुरा म जीवित रहँदै मेरो जिग्री साथीको बारेमा लेख्छु भन्ने सोचेको थिइनँ । ४५ वर्षको दोस्तीमा अचानक पूर्णविराम । जिन्दगी तिमी बिना कहिल्यै पहिला जस्तो हुने छैन ।’सतीशले ‘तेरे नाम’, ‘कागज’, ‘हम आपके दिल में रहते हैं’, ‘कर्ज’, ‘मुझे कुछ कहना है’ जस्ता सफल फिल्मको निर्देशन गरिसकेका छन् । उनी चाँडै ‘कागज २’ निर्देशन गर्ने तयारीमा थिए ।सन् १९८३ मा शेखर कपूरको असिस्टेन्ट डाइरेक्टरको रुपमा उनले फिल्म ‘मासूम’मा काम गरेका थिए ।